कविता : आकाङ्क्षा
जब
फक्रीनु बित्तिकै
फूलको बलि चढाइन्छ-ढुङ्गाको तस्बिरमा
तब म फूल रोप्न छाेडिदिन्छु
किन कि
फूल्नै नपाई टिपिनु भन्दा
फूल नरोप्नु कम अपराध लाग्छ मलाई
फक्रीनु बित्तिकै
फूलको बलि चढाइन्छ-ढुङ्गाको तस्बिरमा
तब म फूल रोप्न छाेडिदिन्छु
किन कि
फूल्नै नपाई टिपिनु भन्दा
फूल नरोप्नु कम अपराध लाग्छ मलाई
जब कलिला रहर बोकेर
दौडिरहेका बच्चाहरु भुटिन्छन बारुदमा
तब म कसैलाई प्रेम गर्न छोडिदिन्छु
किन कि
जन्मिएका बालक मारिनु भन्दा
बालक नजन्माउनु कम अपराध लाग्छ मलाई
दौडिरहेका बच्चाहरु भुटिन्छन बारुदमा
तब म कसैलाई प्रेम गर्न छोडिदिन्छु
किन कि
जन्मिएका बालक मारिनु भन्दा
बालक नजन्माउनु कम अपराध लाग्छ मलाई
मन्दिर धाउने भक्तहरु
बम खेलाउने खेलाडीहरु
यी दुबैको समर्पणमा
सुकाइदिन्छु आफनै रञ्वश्वला
भत्काइदिन्छु आफ्नै पाठेघर
र याे संसारलाई ठप्प रोकिदिन्छु
बम खेलाउने खेलाडीहरु
यी दुबैको समर्पणमा
सुकाइदिन्छु आफनै रञ्वश्वला
भत्काइदिन्छु आफ्नै पाठेघर
र याे संसारलाई ठप्प रोकिदिन्छु
किन कि
मन्दिरमा ओइलाएको फूल देख्नु भन्दा
युद्धमा रोइरहेक नानीहरु देख्नु भन्दा
यो चलिरहेको संसार ठप्प रोक्नु
कम अपराध लाग्छ मलाई ।
मन्दिरमा ओइलाएको फूल देख्नु भन्दा
युद्धमा रोइरहेक नानीहरु देख्नु भन्दा
यो चलिरहेको संसार ठप्प रोक्नु
कम अपराध लाग्छ मलाई ।

No comments