यात्रा कथा : ज्याकेट
त्यहाँ महिला नबोल्ने होइन; बोले पनि नसुन्ने रहेछन् ।
यात्रा कथा कान्तिपुरमा प्रकाशित ‘मैले देखेको छाउ’ बाट निरन्तर छ । कान्तिपुरमा मेरा लागि ठाउँ सानो भएकाले कथालाई अत्ति छोटो बनाएको थिएँ । जसले गर्दा रोमाञ्चक घटनाहरु छुटेका थिए । छुटेका कथाहरु यस्ता छन् ः
पश्चिम जाने भनेर दिपाजी र बज्रकुमार थुलुङलजीले गतसाल नै खर्च दिनुभएको थियो । जाने साथी पाइनँ । त्यसपछि फिनिक्स बुक हाउसले खर्च दियो । त्यो पनि साथी नपाएर यतिकै सकियो । लेखक राधा पौडेलजीले पश्चिम घुम्न सहयोग गर्छु भन्नु भएको थियो । जान सकिनँ । किताब लेख्न ज्यादै ढिला भइसकेकाले यो पाली चाहिँ मरेमर्छु तर गएरै छाड्छु भन्दा पो आफ्नै छोराको साथी जीत महरा बैतडीको हो भन्ने थाहा पाएँ । हप्तैपिछे खाना खान आउने मान्छेलाई मैले पनि बल्ल काम लगाउन पाएँ । र उसैको घरको आडमा यात्रा सुरु गरें । राधाजीलाई जानकारी गराउनै बिर्सेछु । म कस्तो बेहोसी ।
बैतडी सदरमुकाममा धेरैजना साझा भाषामा नै कुरा गर्दारहेछन् । साझा भाषा नजान्नेले हिन्दी बोले । भारत नजिक भएकाले हिन्दी धेरैले बोल्ने रहेछन् । साँझपख चिया खान आएका स्थानीय शिक्षक दत्तराजसँग भाषाका बारेमा निक्कै छलफल भयो । ‘साझा भाषा’ भन्छु म, अरुले ‘नेपाली भाषा’ भन्छन् । स्थानीय मूल भाषा हो र सबैले बोलिने भाषालाई साझा भाषा भनिनुपर्छ भन्ने मेरो तर्क छ । मेरो कुरा सुनेर त्यहाँ भएका सबैले तर्क मन पराए । ’हो हो सहि हो’ भने । होटल मालिक दिपक नेविसंघको सभापति रहेछ । स्थानीय पत्रकारले काङग्रेसको बदनाम गर्न सुर्नया गाउँपालिकामा भ्रष्टचार भएको खबर राजधानी पत्रिकामा आएको बारे खुब गुनासो गरे ।
मलाई बोक्नेजीप केटी भगाउन केटाले लिएर गएछ, साथमा मेरो गाइड मान महरालाई पनि । मेरै अगाडि सल्लाह ग¥याहुन् तर भाषा बुझिन मैले । साझा भाषामा भने–‘बस्दै गर्नू एक घण्टामा आउँछौ । कि अर्को होटलमा गएर बस्ने ? त्यहाँ सुत्ने कोठा पनि छ ।’
गाउँभरि देउताथान । डाँडामा देउता, गहिरोमा देउता । महिनावरी भएकी महिलाले कही हिड्न मिलेन । मानिलिऔं, जीउभरि बम फिट गरिएको छ, भनेको मानिएन भने बम पड्केर मर्न सकिन्छ । महिनावरी पनि त्यस्तै पाप हो ।
एकघण्टाको लागि के कोठा जानुुु ? होस् यहिं बस्छु भनें । बसेको होटलमा खानेको मात्रै सुविधा थियो ।
उनीहरु गए । मैले गफ गर्दै होटलवाला दिपकलाई तरकारी केलाउन सघाएँ । आगो तापें । उनका दाइको विवाह आउने हप्ता रहेछ । होटलको काम सकिएपछि कार्ड पटयाउने काम थाल्यौं । दश बजिसकेको थियो । मैले मानलाई फोन गरें, के भन्यो के बुझिनँ । हुन त मैले नै स्थानीय भाषामा बोल, म पनि अलिअलि गर्दै सिक्छु भनेर उसले अत्तरैयाबाट स्थानीय भाषा बोल्न सुरु गरेको थियो ।
दिपकले नै उल्था गरिदिए, आज जसरी भए पनि घर पुग्ने हो, बसिराख्नु हामी आउँछौं भनेका रे । मैले यसैलाई आधार मानेर पर्खिबसें ।
रातिको एघार बजे आए । मेरो छेवैमा बेहुली बसिन् । मैले हपारें,–‘खुब राम्रो काम ग¥यौ । पछि तिम्री पनि छोरी होस् । पढाएर, बढाएर सत्रवर्ष पुगेपछि फुत्त केटा टिपेर भागोस्, अनि चाल पाउँछ्यौ ।’
बेहुली घँुक घँुक रुन थालिन् । फेरि फकाएँ । जीप हुँइकियो कता हो कता । गर्भिणी छन्, बिस्तारै हाँक्नोस् भनें । ड्राइभरले सुनेन् । घरि बेहुली, घरी गर्भिणी वाक्न थाले । ‘कन्नाआँ मुसार्देऊ’ पछिबाट कसैले मलाई भनें । यतिसम्म बुझेर मैले ती दुबैलाई पालैसाथ मुसार्न थालें । बाटो रहेछ किराले खाको मूलाजस्तो । जीप आपैm हाँकेर पुलिसथालामा आत्मा समर्पण गर्न जाने मेरो आँटसँग आपैmलाई हाँस उठ्यो । चलाउन कहाँ सक्नुरहेछ र मैले ।
एक बजेपछि जीप रोकियो । केके भने सबै जीबाट ओर्ले । म बसिरहें । अनि मानले झर्नू भनेपछि म पनि ओर्लें ।
अब उकालो एक घण्टा हिंड्न्पर्छ भने । सुनेर सास रोकियो एकछिन् ।
माथिल्लो डिल निस्केपछि बेहुलाको घर आएछ । तर हाम्लाई जाउँ भनेनन् । जान्नु न तान्नु म आपैm ‘विहा खान भोलि आउँछु है !’ भनें ।
सबैजना हाँसे मात्रै ।
मेरो दुईवटा र उसको एउटा गरेर तीनवटा झोला मान आपैmले बोक्यो । म अघि अघि रित्तै ।
बच्चामा चिप्लेटी खेल्ने पाखाजस्तो बाटो । थाकेका बेला झन जीउ थामेर हिड्नुपर्ने । गाली गरें, ‘आफ्नो घर वरिपरीको बाटो त आपैm पनि खनेर मिलाउनु पर्छ नी ।’
‘गाविसमा बजेट माग गरेका थियौं । दिएन । सित्तैमा कसले खन्छ ?’ मानले भन्यो ।
धेरै मानिसमा यस्तै सोंच/संस्कार हुन्छ ।
दुईवर्ष अघि गाउँमा बस्दा मैल खेताला लगाएर बाटो खनेें । गाउँकाले दशैं आएजस्तो के हिउँदमा बाटो खनेको भनेर गिज्याए । तर पछि उनीहरुले पनि सिके र मजस्तै घरवरिपरीको बाटो राम्रो बनाउन थाले ।
अँ हामी स्कुलजस्तो घरमा पुग्यौं । सबैभन्दा पल्लो घरको त्यो पनि जङगलपट्टि फर्केको कोठामा लगेर मानले झोला बिसाएर भन्यो, ‘तपाईको कोठा यो हो ।’
भित्ता चिसोले भिजेको, एउटा खाट टेबुल एक कुर्सी थियो । भक्लक्क ढलें । उस्तै मानिस हो भने कत्ति डराउँथे होला नी यस्तो एकलासमा ? भनेर आफुँलाई सा¥है साहसी मानें । मुस्कुराएँ र निदाएँछु ।
‘तिमीहरुलाई बन्धनमा राख्ने यो देवता होइन, राक्षस हो । यसको विरुद्दमा समूह बनाएर आवाज उठाऊ, गोठ छुट्टै बनाएर घरमा प्रशस्त कोठा निकाल, बाटामा मन्दिर बनाउन निषेध गर ।’
बिहान आँखा खुलेकै थिएन । महिला बच्चाहरुको कोलाहलले मेरा आँखा खुले ।
‘दार किन रन्न द्या?’
प¥यो फसाद ।
‘हजुर?’ जुरुक्क उठेर बसें ।
ढोका देखाउँदै फेरि उही शब्द दोहोरे ।
नबुझेपछि बुझ्ने प्रयास गरिनँ । हेर्दा आमाजस्ता देखिनेहरुलाई कोशेली बाडें मसला साबुनहरु । अनि बच्चाहरुलाई चक्लेट ।
‘प्रभात बाहआँ रोटा साग र छाक्लो दिनमा । तमी के खान्छ ?’ प्रश्न के खान्छ भन्ने चाहीँ बुझेर, उत्तर दिएँ–‘तमी जे खान्छ, म त्यै खान्छु ।’
सर्पको मासु, कुकुरको मासु, मृगको काँचो रगत इत्यादि खाएको मेरो अनुभव छ । जहाँको वासिन्दाले जे खान्छन्, उनीहरुको सम्मानको लागि म त्यही खानेकुरा खाने गरेको छु । यसैले त्यहाँ पनि तमी जे खान्छ म त्यै खान्छु भनिदिएँ ।
गहुँको पत्रैपत्र परेको रोटी अनि आलुको तरकारी कोठामै ल्याइदिए । मुख धुन बाहिर निस्किएँ । ढोका बाहिर बोर्ड थियो, ‘कस्तुरी महरा, स्वयं सेवीका’ । एकछिन् पछि एक यूवति आएर भनिन्,‘खा खा धेरै खा ।’ सागको कुरा सुनेथें र ‘साग र मही देऊ न’ भनें । थपनी फेरि उही आलु आयो । मही भन्दा अलमल्ल परे । दिएनन् ।
केहीक्षणपछि एक युवा आए । यो मान्छे चाहिँ कसरी बोल्दो रहेछ ? भनेर यतिकै सोधें–‘यो ठाउँको नाम के हो ?’
‘बरायल लेक डाँडा, बैतडी ।’
यति त जसले पनि बोल्छ नी । अरु वाक्य कसरी बोल्दोरहेछ भनेर फेरि सोधें– ‘तपाई कहाँबाट आउनुभएको ?’
‘काठमाडौं ।’
छाउनीमा कार्यरत प्रहरी जवान छुटटी मनाउन घर गएका रहेछन् । म गएको खबर पाएर भेट्न आएका रहेछन् । उनले भाषा बुझाइ दिए । मोही–छायँस्, प्रभात बाँहआँ छाक्लो–बिहान बेलुका र दिनमा खाना । भुटेको मकै–गेडा ।
‘दार किन रन्न द्या?’–ढोका किन खुल्लै राखेको (चुकुल नलगाएको)?
टोल खुम्न निस्किएँ । म बस्न पुगेको जीत महराको घर सबैभन्दा सिरानमा रहेछ । कलेजजस्तै लामो घर । त्यही घरमा पाँचभाइ महराका सन्तान बस्ने रहेछ । राम्रो लाग्यो । गैह्रापट्टि एउटा घरमा महिला नुहाएर आगनमा उभिइरहेकी थिइन् । अर्की महिलाले गोबर लागेको कचौरामा रमजस्तो ल्याएर दिइन् । ती महिलाले आधा पिएर आधा सिउँदोतिर खन्याइन् ।
‘किन यसो गरेको ?’
तिनले आफ्नै भाषामा भने, ‘आज पाँचदिन भएकाले चोखिएको हुँ ।’ भाव चाहिँ बुझेँ ।
‘पाँचरातसम्म कहाँ सुतेको ?’
‘किन यसो गरेको ?’
‘देवता रिसाएर अनिष्ट हुन्छ ।’
दशकक्षा पढ्ने छात्रालाई भने,–‘तिमीहरुलाई बन्धनमा राख्ने यो देवता होइन, राक्षस हो । यसको विरुद्दमा समूह बनाएर आवाज उठाऊ, गोठ छुट्टै बनाएर घरमा प्रशस्त कोठा निकाल, बाटामा मन्दिर बनाउन निषेध गर ।’
‘एकजनाले भनेर हुँदैन । अरुले सुन्दैनन् ।’ उनको उत्तर थियो ।
महिनावरी हुँदा सेफ्टी प्याड प्रयोग गर ।
‘किन्ने पैसा हुँदैन ।’
कपडाको बनाएर लगाऊ । नियमित विद्यालय जाउ ।
‘खइई ?!’
मैले तिनै प्रहरी जवानसँग भनें,–‘गोठ छुट्टै बनाउँदा हुन्छ त । किन घरभित्र गाइभैंसी राखेको ?’
ती यूवाले ठट्यौली उत्तर दिए,–‘तपाईंहरु पनि सहरमा दुईकरोडको घर बनाउन सक्छ, पाँचहजारको ट्वाइलेट बनाउन नसकेर भान्सा छेउमा चर्पी राख्छ ।’
म पनि हासें ।
आधाबाटो आएपछि एकयूवा छेउमा बस्न आए । चारपाँच घण्टा बसले उफारेपछि म बिरामी परें । सास रोकिएलाजस्तो भयो । पाठेघर खस्लाजस्तो भयो । असिनपसिन भएँ । ‘सा¥हो भएजस्तो छ हजुरलाई मेरो काखिमा ढल्कनोस्’ भने ।
... म ढल्किएँ । निक्कै आराम भयो ।
गाउँभरि देउताथान । डाँडामा देउता, गहिरोमा देउता । महिनावरी भएकी महिलाले कही हिड्न मिलेन । मानिलिऔं, जीउभरि बम फिट गरिएको छ, भनेको मानिएन भने बम पड्केर मर्न सकिन्छ । महिनावरी पनि त्यस्तै पाप हो । कसैलाई छोयो भने गहुँत छर्केर चोखिनुपर्छ । गहुँत मोक्ष प्रदान गर्ने एकमात्र औषधि हो ।
कसैले गहुँत साथमा बोकेर हिँडेको त हुँदैन नी । यसैले गहुँत नभएको मानिसलाई छुनु झन् पापको भारी बोक्नु हो । पाप गरे पछि अर्को जुनीमा पनि फेरि स्त्री नै भएर जन्मिनुपर्छ । यस्तो बेला छात्रहरुले विद्यालय जान हुदैन । सरस्वतिको मन्दिर हो । सरस्वति स्त्री भएपनि ‘मन्दिर’ भएकोले छुनु हुँदैन । तर्क अकाट्य छ ।
स्त्रीहरुको आवाज छैन । किन कि शिक्षा र रोजगार छैन । वाल्यकालमा विवाह हुन्छ, पढाइ हुँदैन । परजीवी हुनुपर्छ । स्वलम्बी नभएपछि अरुको भनाइ नमानी धरै छैन ।
हुन त नेपालका राष्ट्रपति नै कसैलाई सहयोग नगरेर पशुपतिलाई मात्र सहयोग गर्नुहुन्छ । भगवानको आशिर्वाद भए सबै सुख प्राप्त हुन्छ भन्ने सोचाइ होला । झन विकट ठाउँमा देवताप्रति यतिधेरै आस्था र त्रास रहनु हामीले अनौठो मान्न मिल्दैन ।
महिला किन पढेनन् ?
परिवारलाई चाहिएको छोरो हो । परिवार धान्न छोरोले रनवन जान्न आवश्यक छ । यसैले पढ्नुपर्छ । छोरीले घर हेर्ने हो । किन विद्यालय धाएर समय खेर फाल्नु । छिट्टै विवाह ग¥यो आफ्नो परिवार बनायो । कानुने रोकेर भो ? भागेर हिड्ने हो ।
त्यहाँको यूवाहरुलाई सोधें,–‘दुनियाँसामु तिमीहरुको पश्चिम यति दुर्नाम छ । छुवाछुत चर्को छ । सुत्केरीले अस्पतालबाट बच्चा चापेर आपैm हिडेर घर आउनुपर्छ । पशुवलि मौलाउँदो छ । के यो सबै ठिक लाग्छ ?’
‘हुन त यो ठीक होइन ।’
के यसको विरुद्धमा जान मन लाग्दैन ?’
‘एकजनाले भनेर हुँदैन; अरुले सुन्दैन । नेताले त यो रिती बदल्न खोज्यो भने भोट पाउँदैन ।’ युवाहरुको उत्तर थियो ।
आवाजविहिन महिलाहरुको देशमा म एक्लै हल्ला गर्दै हिँडेको देखेर धेरै मानिसहरु मलाई शंकाको दृष्टिले हेर्थे ।
महाकाली जानेक्रममा एघार पुरुष र म थिएछौं । पुलिस चेकअपमा रिपोर्ट बुझाउँदा थाहा पाएँ । पुलिसले मेरो तलासी लिए । यसरी एक्लै हिँड्न अनौठो मानिदोरहेछ ।
जीपको डिक्कीजस्तो सिटमा परेको थिएँ । एकदम रिङगटा लागिरहेको थियो । बिच बाटामा भाडा उठाउन जीप रोकियो । पिसाब पनि फेर्नू, भाडा पनि झिक्नू भने ड्राइवरले । सबै पुरुषहरु जङगलपट्टि फर्केर उभिए । मलाई अप्ठेरो लागेर पिसाब फेरिनँ ।
सायद म गहिरो निन्द्रमा थिएँ होला र बिदा नमागी, ज्याकेट छोडेर गए । नाम हेम चन्द बताउने ती मानिसको ज्याकेट अँधेरोमा बलेको बत्तिजत्तिकै सम्मानित झुण्डिरहेको छ कोठामा । यो ज्याकेटले महिलाका आवाज नसुन्ने पुरुषहरुको जत्थालाई बिर्सादिएको छ ।
‘मलाई गारो भयो । प्लिज मलाई अगाडि बस्न दिनोस्’ भनेर खुब विन्ति बिसाएँ । तर झन छिटोछिटो सिटमा पसेर बसे ।
त्यहाँ महिला नबोल्ने होइन; बोले पनि नसुन्ने रहेछन् । उल्टी निस्कनै लाग्दा सिमाना झुलाघाट पुगियो । सिमानपारी भारतको उसै बसेको जमिन रहेछ, बजार खचाखच रहेछ, हाम्रोपट्टि भने भीर । हिउँदमा कर्मचारीले तीनमहिना घाम देख्न नपाउँने गुनासो गरे । भारत टेकेकै थिइनँ । सपना पूरा भयो । हाकिम काठमाडौं लुभूका वासिन्दा परेछन् । गफगाफ लामै भयो । एकरात बासबसेर एक छाक खाना खाएर जानू भनेर निक्कै कर गर्नुभो । तर मैले फर्कने टिकट काटिसकेको थिएँ ।
काठमाडौबाट जाँदा चक्कामाथिको सिटमा परेर म बिरामी नै परेको थिएँ । फर्कदा चारदिन अगाडि पहिलो सिटको टिकट काटेको थिएँ । निङलासैनी रेडियोमा तृप्ति बैनीसँग सुतेर बिहानै बस चढें । सिट खाली थिएन । एकछिन पछि मिलाइदिउँला भनेर यतिकै उभाइरहे ।
बीसमिनेट जति उभिएपछि म रिसाएँ । अनि पछाडि चक्कामाथिकै सिटमा गएर बस्नू भने । टिकट देखाएर सिट मागें दिएन । मान्छे बसिसक्यो दिन मिल्दैन भने । त्योभन्दा पछिल्लोसिट खाली थियो त्यसमा बसें । त्यहाँ बस्दैनबस्नू । बरु झर्नू । कहाँ टिकट काटेको त्यहि गएर भन्नू भने ।
म पनि खुब झगडा गरेर त्यही बसिरहें । मान्छेलाई अन्याय परेछ भनेर कोही बोलेनन् । महिला बोलेको सुन्ने चलन रहेनछ । झ्यालपट्टिको सिटमा एक खाइलाग्दो यूवक रहेछ । पछि देखें । सायद ती प्रहरी बलको सइ असइ कोही हुनुपर्छ । उनकै सम्मानमा एकसिट खालि राखिएको रहेछ ।
‘राम्रा पुरुष देखर छोड्दैछोडिन’ भन्लान भनेर लाज लाग्यो । अन्ततः आठ नम्बर सिटमै गएर बसें । त्यो सिट काठमाडौंसम्मै खाली आयो ।
आधाबाटो आएपछि एकयूवा छेउमा बस्न आए । उनलाई बसभाडा रु.दुईहजार मात्र लिइयो । म चारदिन अघि टिकट काट्नेलाई रु.तेइससय लिइएको थियो । सहचालकलाई यसै भनें । सुनेनन् ।
चारपाँच घण्टा बसले उफारेपछि म बिरामी परें । सास रोकिएलाजस्तो भयो । पाठेघर खस्लाजस्तो भयो । असिनपसिन भएँ ।
‘सा¥हो भएजस्तो छ हजुरलाई मेरो काखिमा ढल्कनोस्’ भने ।
काखलाई काखी भन्दारहेछन् । अप्ठेरो लागेर नाइँ भनें । बस रोकियो । अन्तिम सिट खाली भयो । ती यूवाले ज्याकेटको सिरानी बनाइदिएर पछाडि सिटमा बस्न गए । म ढल्किएँ । निक्कै आराम भयो । ती यूवा कहाँ ओर्लिए । सायद म गहिरो निन्द्रमा थिएँ होला र बिदा नमागी, ज्याकेट छोडेर गए । नाम हेम चन्द बताउने ती मानिसको ज्याकेट अँधेरोमा बलेको बत्तिजत्तिकै सम्मानित झुण्डिरहेको छ कोठामा । यो ज्याकेटले महिलाका आवाज नसुन्ने पुरुषहरुको जत्थालाई बिर्सादिएको छ ।

No comments